लोकमानको नियुक्ति फाइल सरकारले सर्वोच्चलाई बुझायो


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

हराएको भनिएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल सरकारले सर्वोच्च अदालतमा बुझाएको छ । संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो । सो फाइल मन्त्रिपरिषद्को कार्यालयमा भेटिएको बताइएको छ ।

मन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल प्राप्त भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जाकारी दिए । संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो । लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चले नियुक्तिको फाइल सरकारसँग मागेको थियो ।

तर, सरकारले भूकम्पका कारण कार्यालय सर्नु परेको भन्दै हराएको जवाफ पठायो । लगत्तै सर्वोच्चले यसलाई गैरजिम्मेवार जवाफ भन्दै सात दिनभित्र पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले लोकमानको नियुक्तिसम्वन्धी फाइल पेश नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । र, सरकारले फाइल भेटिएको खबर गरेको थियो । शुक्रबार त्यो सर्वोच्च पुगेको छ ।

लोकमानको नियुक्तिलाई सदर गर्ने सर्वोच्चको आदेशमा पुनरावलोकनको मागसहित परेको निवेदनमाथिको सुनुवाइका क्रममा सर्वोच्चले सरकारसँग फाइल मागेको थियो । एक साताभित्र फाइल नबुझाए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत सर्वोच्चले दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com