मानव अधिकारका विषय अब मोबाइल एप्समा


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।

मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ ।

यसअघि सो एप्स धादिङका ५२ वटा विद्यालय र सात वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा चार महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एप्सको शुभारम्भ गर्दै पछिल्लो पटक विकास भएका विज्ञान तथा प्रविधिको क्षेत्रलाई मानव अधिकारको क्षेत्रमा उपयोग गर्न सकेमा स्थानीय तहदेखि नै शुसासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजक संस्थाका अध्यक्ष विष्णुपुकार श्रेष्ठले मुलुकको समृद्धिका लागि माथिल्लो तहदेखि नै हुने भ्रष्टाचारलाई नियन्त्रण गरी तल्लो तहदेखि नै विकासका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com