प्रहरी चौकी नजिकै सुरुङ खनेर छ घरबाट लाखौंको चोरी


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

सिरहा, ५ पौष । । सिरहाको कर्जन्हा नगरपालिकामा राती प्रहरी चौकी नजिकै सुरुङ खनेर ६ वटा घरमा लाखौंको चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा राती सुरुङ खनेर चोरी भएको हो ।
यस्तै राम बहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेका छन् । सरोजको घरवाट १ लाख २० हजार नगद, आधा तोलाका सुनका गरगहना र लत्ताकपडा चोरी गरेका छ्न् ।
त्यस्तै धर्मेन्द्रको घरवाट २० हजार नगद र आधा तोला सुनका तिलहरी, प्रेमा यादवको घरवाट ४० हजार, रामपुजन घरवाट ४० हजार नगद, सुनका आधा तोलाका गरगहना चोरी भएको प्रहरी चौकी कर्जन्हाले जनाएको छ ।
प्रहरी चौकी देखि २ सय मिटरको दुरिमा सुरुङ खनेर चोरी भएको छ । एक महिना पहिले पनि कर्जन्हा नगरपालिका ७ मा ५ घरमा चोरी भएको पिडित सरोज पासवानले बताएकाछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com