निर्वाचन केन्द्रित अभियानमा एमाले


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण अभियान त्यसमै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष केपी ओलीले पेश गरेको ३२ पृष्ठ लामो प्रतिवेदनमाथि नौवटा समूह बनाएर बिहीबार छलफल भएको थियो । छलफलपछि प्रत्येक समूहले सुझाव बिहीबारको बैठकमा राखेका छन् । ‘गुटबन्दी भाइरस हो, त्यसैले सबैले मिलेर गुटबन्दी समाप्त गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकमा आएको सुझाव उल्लेख गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘स्वाधीन र समृद्ध राष्ट्र निर्माण तथा तराई–मधेसको आर्थिक सामाजिक रुपान्तरणमा अभियान सञ्चालन गर्नुपर्ने बिषय पनि आएको छ ।’

यसअघि स्थायी समितिले नै गुटबन्दी अन्त्यका लागि अब प्यालन बनाएर चुनाव नगर्ने लगायतका निर्णय गरेको थियो । त्यो निर्णयलाई सबै समुहले सरकात्मक भन्दै त्यसको व्यावहारिक रुपमा कार्यान्वयन गर्न नेतृत्वलाई आग्रह गरेका कान्तिपुरमा खबर छ । ‘गुटबन्दीबाट सबै वाक्क भइसकेको अवस्था हो, यो अन्त्यका लागि स्थायी समितिले गर्न खोजेको पहल ठीक छ यसलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा करिब सबैका एकमत जस्तो छ,’ केन्द्रीय सदस्य हिक्मत कार्कीले भने । ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेखित नाकाबन्दीको समाना, जनता केन्द्रित बजेट पेश भएको, छिमेकी भारत र चीनसँग ऐतिहासिक खालका सम्झौता गरेको लागयत बिषयमा केन्द्रीय सदस्यहरुले प्रशंसा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com