आरजु देउवा किन सुटुक्क पुगिन दिल्ली


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

वाम गठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्ततः उही पराजय नै पर्यो । चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ।

स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् । एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता लागिन् ?, यो खबर आजको साँघु साप्ताहिकले लेखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com