जलेर एक महिलाको मृत्यु


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका १७ बस्ने ५५ वर्षीया अनारदेवी मुखियाको लजेर मृत्यु भएको हो ।

शुक्रबार आफ्नै घरबाहिर आगो ताप्ने क्रममा साडीमा आगो सल्कन गई जलेर गम्भीर घाइते भएकी मुखियालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com