तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्षमा प्रेम थोकरको उम्मेद्धवारी घोषणा


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

– मानछिरिङ तामाङ

तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफनो उम्मेद्वारी घोषणा गरेका छन् । शनिवार न्यूयोर्कको ज्याक्साइन हाइटस्थित थकाली किचेनमा भएको उम्मेद्धवारी घोषणा कार्यक्रममा बोल्दै वर्तमान टिएसएका कार्य समिति सदस्य समेत रहेका थोकरले अमेरिकामा रहेका सिँगो तामाङहरुलाई एकीकृत गर्दै समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिका लागि प्रभावकारी कार्य गर्ने बताए । तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि तामाङ कल्चरल सेन्टर बनाउने अभियानलाई अझ शसक्तढंगले कार्य गरिने उनको भनाई छ ।

उनले भने – ‘कल्चरल सेन्टर बनाउनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएर अमेरिकी गैर सरकारी संस्थाहरुसंग पनि सहयोग लिएर २०१८ भित्र आफनै कार्यालय भवन खरिद गर्ने हरसम्मभव कोसिस गर्नेछु ।’

सेन्टरको अभियानलाई सार्थक तुल्याउनका लागि संयोजक इन्द्र तामाङसँग सहकार्य गरेर काम गरिने उनको भनाई छ । तामाङ युवापुस्ताहरुलाई लक्षित गर्दै महिनाको २ दिन तामाङ भाषा र धर्मको विषयमा कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जिकिर गरे । तामाङ समुदायको समसमायिक विषयलाई केन्द्रित गरी विज्ञहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरिने पनि उनले बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिदै आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लुईसाङ वाइवाले अमेरिकामा तामाङहरु सांगठनिक हिसाबले निकै बलियो बन्दै गएको बताउँदै सहकार्य र सहमतिको आधारमा सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने धारणा राखे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर तथा तामाङ सोसाइटी अफ अमेरिका टिएसएका अध्यक्ष शान्त थोकरले आगामी जनवरी १३ र १४ मा हुने लागेको ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मलेन भव्यताकासाथ सम्पन्न गर्ने तयारी भईरहेको जानकारी गराउँदै विभिन्न राज्यमा शाखा गठनको अन्तिम चरणमा रहेको उल्लेख गरे ।

यस्तै, कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा, पूर्व अध्यक्षद्धय इन्द्र तामाङ, भरत मोक्तान, महासचिव अमर तामाङ, पूर्व महासचिव तथा उत्तर अमेरिका तामाङ सम्मेलनकाका सदस्य सचिव लकेन लामा, र पूर्वमहासचिव बुद्धिमान तामाङले अध्यक्षका प्रत्यासी थोकरलाई शुभकामना दिदैं सोसाइटीको नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यको आधारमा हुनुपर्ने जोड दिए ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी थोकरको धर्मपत्नी पुनम थिङले स्वागत मन्ंतव्य दिदै टिएसएसँग आबद्ध भएदेखि संस्थाको हितका लागि सधै सहयोग र सकेको योगदान दिईरहेको बताउँदै प्रेम थोकरलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गर्नका लागि अनुरोध गरिन । कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाको महासचिव विआर लामा र सहकोषाध्यक्ष पवन योञ्जनले पनि अध्यक्ष प्रत्यासी थोकरलाई शुभकामना मन्तव्य दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com