पाकिस्तान: गिर्जाघर हमलामा ‘पाँच जनाको मृत्यु’


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा केही मानिस मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन्।

उक्त घटना क्वेटा शहरमा भएको थियो।

क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ।

एएफपी समाचार संस्थाले प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै जनाएअनुसार कम्तीमा पाँच जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन्।

‘मेथोडिस्ट’ गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए।

पाकिस्तान

सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणहरुमा जनाइएको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

क्वेटा क्षेत्रमा पछिल्लो खालका आक्रमण पटकपटक हुने गरेका छन्।

त्यस्ता आक्रमण धेरैजसो हजारा शिया समुदायलाई लक्षित गरेजस्तो देखिन्छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com