जाडोले कठ्याङग्रिएर एकको मृत्यु


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

कपिलवस्तु, २ पुस । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो ।

पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com