त्रियानब्बे वर्षीया पौडीवाज अझै पदक जित्दै


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

त्रियानब्बे वर्षीया  नोरा रोनाइ भन्छिन् –’मैले जीवनमा लैंगिक भेदभाव भोगे तर त्यसको सामना गर्दै आफ्ना लक्ष्यहरु हात पार्न सफल भए ।’ उनी साधारण ज्येष्ठ नागरिक होइनन् । उनी ब्राजीलकी सदावहार पौडीवाज हुन्।

उनले सन् २०१४ को वल्र्डस् मास्टर्स च्याम्पेनशीपस्मा सात वटा स्वर्ण पदकहरु जितेकी थिइन् र अहिलेसम्म दुईवटा विश्व कीर्तिमान तोड्न सफल भएकी छिन्। उनी व्यवसायिक पौडीवाज भने ६९ वर्षको उमेरमा मात्र भइन् ।

उनको अनुभव उनकै शब्दमा 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यदि तपाईलाई साँच्चै केही गर्न मन लाग्छ, भने त्यसका लागि तपाईले सजिलै समय निकाल्नुहुन्छ । म ठ्याक्कै ९३ वर्ष आठ महिनाकी भएँ ।

पौडी मेरो लागि मनोरञ्जन लिएर, आरामदायी रुपमा चिन्ता मुक्त हुने माध्यम हो । मलाई पौडी खेल्दा घमाइलो र रमाइलो समुन्द्री तटमा पुगेको जस्तो लाग्छ । पौडी खेल्ने तालभित्र छिर्दा मलाई शारीरिक भन्दा पनि भावनात्मक आराम मिल्छ । यो क्रिडाले जीवनमा मैले सामना गर्नुपरेका कठिन परिस्थितिहरुको सामना गर्न सघायो।

मेरा दुई छोरीहरुले मलाई धेरै साथ दिएका छन्। उनीहरु म प्रति गर्व गर्छन्। तर उनीहरु खेलकुदमा सहभागी हुँदैनन् । यदि तपाई कुनै कुरा गर्न मन पराउनुहुन्न भने तपाईंको समय निक्लिदैंन । तपाईंले अभिरुचि राख्ने कामको लागि भने तपाईले समय निकाल्न सक्नुहुन्छ।”

के नोरा रोनाइले युवावस्थामा लैंगिक विभेद खप्नुपर्यो ?

“मेरो समयमा पनि लैंगिक विभेद थियो। मलाई सानोमा स्किईग खेल्न मन लाग्थ्यो। तर केटीहरुलाई यो खेल्न अनुमति दिइन्नथ्यो। म आर्किटेक्ट साथै विश्वविद्यालयको अध्यापक थिएँ। मैले दुई छोरीहरुलाई हुर्काएँ। लैंगिक विभेदको कारण म जीवनमा रोकिइन। यसको असर मैले आफूलाई पर्न दिइनँ,” रोनाइ भन्छिन्।

साभार–बिबिसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com