फ्रान्समा रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।
बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको यस बसमा फ्रान्सको मिललास्स्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ ।
सो दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिललास् सहरबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने स्थानमा भएको थियो ।
बस नराम्ररी क्षतिग्रस्त भएको सरकारी स्रोतले जानकारी दिएको छ । फ्रान्सको ब्लुउ प्रान्तको एक क्षेत्रीय रेडियोका अनुसार रेलले बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनास्थलबाट उद्धारको लागि करिब ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ ।
फ्रान्सका प्रधानमन्त्री एडवार्डा फिलिप पनि सो बस दुर्घटना भएको क्षेत्रमा पुग्नु भएको छ । उहाँले घाइतेको राम्रो उद्वार र उपचारका लागि निर्देशन दिनुभएको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com