काठमाडौं महानगरले सुरु गर्यो डिजिटल नक्सापास सुविधा


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

मंसिर २९, काठमाडौं, काठमाडौं महानगर क्षेत्रभित्र घर निर्माण गर्ने महानगरवासीले अब डिजिटल नक्सापास गर्न पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले अनलार्इनबाट घरको नक्सापास गर्ने व्यवस्थालार्इ कार्यान्वयनमा ल्याएको छ।
महानगरको दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनलार्इनबाट घरको नक्सापास गर्ने कार्यको थालनी गरे। उनले काठमाडौलार्इ स्मार्टसिटी बनाउन डिजिटल नक्सा प्रणालीको थालनी गरेको बताए । मेयर शाक्यले महानगरमा कार्यरत पाँच इन्जिनियरलार्इ अनलाइनबाट घरको नक्सा पास गर्ने प्रणालीको पासवर्डसमेत प्रदान गरे।

अहिले डिजिटल नक्सा पास प्रणाली सुरु भएको र आगामी वैशाखदेखि अनिवार्य डिजिटल नक्सा पास हुने बताए। कामपाका नक्सा विभाग प्रमुख रामबहादुर थापाले नक्सापास गर्दा नक्सा विभाग प्रमुख र इन्जिनियरले डिजिटल हस्ताक्षर गर्नुपर्ने बताउँदै नक्साको इजाजत दिने र नक्साको विवरण पेश गर्ने इन्जिनियरको नाम रहने बताए ।

महानगरले पुराना करिब १ लाख १३ हजार नक्सालार्इ डिजिटल गरिसकेको छ।
यस्तो छ प्रक्रिया
निवेदकले सुरुमा महानगरपालिका गएर युजर आइडी लिनुपर्छ। निवेदकले महानगरपालिकाको अनलाइन साइट धधध।फअभदउक।अयm मा गएर आफ्नो युजर आइडी मार्फत निवेदन बुझाउनुपर्छ ।

साइटबाट आफुले बनाउन चाहेको भवन अनुसार इबिपिएस फाराम डाउनलोड गर्नुपर्छ। घर तथा जग्गाको स्वामित्व, लालपुर्जा, नागरिकताको प्रमाणपत्र त्यही सार्इटमा अपलोड गर्नुपर्छ । नक्सा विभाग प्रमुख राम थापाका अनुसार डिजिटल नक्सापास गर्नका लागि घरधनीले इन्जिनियरलार्इ भेटेर घर कस्तो बनाउने त्यसको डिजार्इन तयार पार्नुपर्छ । लालपुर्जा, नागरिकता लगायतका आवश्यक कागजात स्क्यानिङ गरेर काठमाडौँ महानगरपालिकाको वेवसार्इटमा जानुपर्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com