‘नेट न्युट्रालिटी’ कमजोर बनाउने निर्णय


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

महिनौंको बहसपछि संयुक्त राज्य अमेरिकाका नियमनकारी निकायहरुले इन्टरनेट सेवा प्रदायकहरुले सबै ट्राफिकलाई बराबर ढंगले व्यवहार गर्नुपर्ने नियम खारेज गरेका छन्।

संघीय सञ्चार आयोगका प्रमुख अजित पाइले ‘नेट न्युट्रालिटी’ भनिने उक्त व्यवस्थाको अन्त्यपछि नवीनता बढ्ने बताए।

तर उक्त परिवर्तनको विपक्षमा मत व्यक्त गरेका उनका एक सहकर्मीले पछिल्लो निर्णयले इन्टरनेटको चाबी केहि ठूला संस्थानहरुलाई बुझाएको प्रतिक्रिया दिए।

विरोधीहरुले उक्त निर्णयलाई कानुनी चुनौती दिने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुनौती

संघीय सञ्चार आयोगले ‘नेट न्युट्रालिटी’ विधिमा परिवर्तन ल्याउने पक्षमा मतदान गरेको थियो।

नयाँ व्यवस्थाको पक्षमा तीन र विपक्षमा दुई मत परेको थियो।

अब इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न कम्पनीका डेटाको गतिलाई चाँडो वा ढिलो बनाउन सक्छन् र उपभोक्तालाई उनीहरुले लिने सेवाका आधारमा शुल्क तोक्न पाउनेछन्।

तर उनीहरुले आफ्ना त्यस्ता व्यवहार सार्वजनिक भने गर्नुपर्नेछ।

मतदान अगावै प्रदर्शनकारीहरुले आयोग परिसर बाहिर प्रस्तावित परिवर्तनले इन्टरनेटको स्वतन्त्रता हनन गर्ने भन्दै प्रदर्शन गरेका थिए।

ओबामा प्रशासनले ल्याएको नियमको फेरबदलले इन्टरनेटलाई कम खुल्ला गर्ने र त्यसको पहुँच संकुचित बनाउने धेरैले तर्क गरिरहेका छन्।

उक्त निर्णयलाई कानुनी रुपमा चुनौती दिइसकिएको छ र न्यूयोर्कका महान्यायाधिवक्ताले उक्त निर्णयविरुद्धको कानुनी लडाइँलाई आफूले नेतृत्व दिने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com