निर्बाचन पछिको नेपालबारे टोरन्टोमा छलफल


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

अन्तरास्ट्रिय मानब अधिकार दिवस २०१७ को अवसरमा टोरोन्टो, क्यानाडामा निर्वाचनपछिको नेपालबारे छलफल गरिएको छ । टोरन्टोमा नेपालमा हालै सम्पन्न आम निर्बाचन पछि देश बिकाशको सम्भावना सम्बन्धि एक दिने गोष्ठी गरिएको हो । नेपाल सम्बन्धि बौदिक कार्यक्रम गर्दै आएको कन्सर्न नेपाल क्यानाडाले आयोजना गरेको गोष्ठीमा मुख्य तीन बुँदामा कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्र प्रस्तुत गर्ने बौद्धिक व्यक्तित्वहरुमा डा. तुल्सी धरेल, डा. बाम देव पौडेल तथा कानुनविद केशब दाहाल ले क्रमसः ग्लोबलैजेसन र नेपाल, आर्थिक विकास र नेपाल, तथा कानुनिराज्य र नेपालमा आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थाका संयोजक डा तुलसी धरेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अधिवक्ता केसव दाहालले नेपालको मानवअधिकार प्रयास र प्रवृतिका बारेमा जानकारी गराउदै देशमा प्रजातन्त्रपछि गणतन्त्र स्थापना भईसक्दा पनि विशेष गरेर राजनीतिक दलहरु र प्रशासन प्रणालीमा सुधार नभएसम्म नेपालमा मानवअधिकार शब्दमा मात्र देखिने तर व्यवहारमा लागु नहुने अवस्थामा रहेको जानकारी दिनु भयो । अर्का कार्यपत्र प्रस्तोता डा. बामदेव पौडेलले नेपामा आर्थिक विकाका तगाराहरुका बारेमा प्रष्ट्याउँदै विभिन्न मुलुकहरुले आफ्नो राष्ट्रको विकासका लागि आत्मसात् गरेका प्रणालीहरुका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नेपाल गरीबिको रेखामुनि रहेको देश भन्दै यहाँ गरिबको आय ४०० डलरभन्दा पनि कम गरेको तथ्याङ्क देखाउनु भएको थियो ।

डा. पौडेलले नेपाल र क्यानडाबीचको सम्बन्धमाथि प्रकाश पार्दै क्यानडाले २००५ देखि अनुदान दिन बन्दगरेपछि नेपालबाट आफ्नो दूतावास पनि हटाएको कारण देखाएर क्यानडाले नेपालबाट व्यापार चाहेको र नेपालले राम्रो सामान क्यानडामा निर्यात गर्ने ढोका खोलि दिएको जानकारी गराउनु भयो । कन्सर्न नेपालका संयोजक समेत रहेका डा. तुल्सी धरेलले आफ्नो विश्वव्यापीकरण र नेपाल शीर्षकको कार्यपत्रबाट नेपालले ईतिहास मा भारत र तिब्बतसँग मात्रै व्यापार गरेको र वर्तमान अवस्था मा विश्वव्यापीकरणले गर्दा नेपालले विश्वका कुनै पनि मुलुकसँग व्यापार गर्न सक्ने बताउनु भयो। तर राष्ट्रमा देखा परेका राजनीतिक र आर्थिक अराजकता र अव्यवस्थित प्रशासनिक व्यवस्थाले गर्दा सामानको निर्यातको सट्टा मानव निर्यात भई रहेको बताउदै आज विश्वमा नेपाल एउटा राष्ट्र हो जो रेमिटेन्स्बाट चलेको छ भन्ने तथ्यगत जानकारी दिनु भयो ।

डाक्टर धरेलले नेपालमा राजनीतिक स्थिरताआएपति मात्र आर्थिक विकास हुने सम्भावनाहरु रहेको तथ्यगत विचारहरु प्रस्तुत गर्नु भएको थियो । नेपाली सामानहरु विश्वबजारमा सहज रुपमा बिक्रि गर्न सकिने र साथै नेपाल संसारको सबै भन्दा घना आवादी भएको क्षेत्र भारत, चिन, तथा बंगलादेशको केन्द्र रहेकोले पनि नेपाल पर्यटन ब्यबसायमा ठुलो प्रगति हुनसक्ने बताउनु भयो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोरोन्टो मा रहेको नेपाली समुदायसंग आबद्ध संघ संस्थाका प्रतिनिधि तथा एन आर एन का पूर्व तथा वर्तमान सभापतिहरु तथा अन्य पधाधिकारीको उपस्थितिमा उक्त गोष्ठी सम्पन्न गरिएको थियो। गोविन्द सिवाकोटीको प्रस्तुतिमा कृष्ण तिम्सिना तथा चन्द्र राईको धन्यवाद पश्चात गोष्ठी सम्पन्न भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com