हजारौं रोहिंज्या “एक महिनामा मारिए”


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

म्यानमारमा गत अगष्ट महिनामा हिंसा मच्चिँदा कम्तीमा ६,७०० मारिएको सहायता संस्था मेडसाँ साँ फ्रन्तियर (एमएसएफ)ले जनाएको छ।

हिंसाका कारण भागेर बांग्लादेश पुगेका कैयौं मानिसहरुसँग गरिएको कुराकानीमा तथ्यांक आधारित छ।

तथ्यांक सरकारी अनुमानभन्दा करिब सत्र गुणा बढी छ।

सरकारले ४०० को मृत्यु भएको जनाएको थियो।

“स्पष्ट संकेत”

एमएसएफले म्यानमारका अधिकारीहरुबाट “व्यापक हिंसा मच्चाएको भन्ने एक अर्को स्पष्ट संकेत” मिलेको बताएको छ।

म्यानमार सेनाले हिंसाका लागि “आतंककारी”हरुलाई दोष लगाउँछ र आफूले कुनै नराम्रो काम नगरेको बताउँछ।

रोहिंज्या विद्रोहीले श्रृंखलाबद्ध आक्रमण गरेको प्रतिक्रिया स्वरुप गत अगष्ट महिनाको अन्त्यतिर बर्मेली सेनाको अभियान शुरु भएको थियो।

एमएसएफको सर्वेक्षणले म्यानमारमा २५ अगष्ट देखि २४ सेप्टेम्बर २०१७ भित्र कम्तीमा ९,००० रोहिंज्याको मृत्यु भएको देखाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com