उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन ।

यदि उत्तर कोरिया शान्ति वार्तामा आउछ भने यसका लागि मध्यस्थता गर्न वा आवश्यक के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि राष्ट्रसंघ तयार भएको संयुक्त राष्ट्रसंघीय एकजना उच्च अधिकारीले जानकारी दिनुभएको हो ।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा गरिने आणविक विषयको वार्ताका लागि इच्छा देखाउन सक्ने अधिक सम्भावना रहेको बताउनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले हालैमात्र उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका उहाँले बताउनुभएको छ ।

उत्तर कोरिया सो कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको धारणा आफूसँग राखेको भन्दै उहाँले यदि वार्ताका लागि उसले इच्छा राखेको हो र यस्तो शान्ति वार्ताको चाहना उसको छ भने यसबाट सबैलाई फाइदा पुग्ने धारणा राख्नुभएको थियो ।

उहाँले वर्तमान विश्वमा कोरियाली प्रायद्वीपको अवस्था इतिहासमै सबैभन्दा तनावपूर्ण र खतरनाक रहेको आफूले पाएको पनि बताउनुभएको थियो । युद्ध रोक्नुपर्ने विषयमा उत्तर कोरिया सहमत भएको जानकारी आफूले पाएको पनि उहाँले बताउनुभयो ।

उहाँले यदि उत्तर कोरिया वार्ताका लागि इच्छुक छ भने त्यसका लागि राष्ट्रसंघले मध्यस्थता गर्ने मात्र नभई सघाउन पनि सक्ने उहाँले बताउनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रसंघका उपमहासचिव फेल्टमेनले यही डिसेम्बर पाँचदेखि आठ तारिखसम्म उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय अधिकारीले गरेको यो निकै लामो समयपछिको भ्रमण हो ।

उहाँले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीहरुसँग भेट वार्ता पनि गर्नुभएको थियो । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ ।
बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको थियो ।

बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको थियो ।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन ।

त्यसैगरी अमेरिकाको यो अभिव्यक्तिपछि उत्तर कोरियाका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । तर राष्ट्रसंघीय अधिकारीले भने कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा उत्तर कोरिया तयार देखिएकोले उसले वार्ताको लागि पनि छिट्टै इच्छा प्रकट गर्ने धारणा राख्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com