डिभी पर्नेले बहिनी ल्यायो, बहिनीले छोरो ल्याइन्, छोरोले बम पड्कायो


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

सोमबार न्युयोर्कमा बम आक्रमणको प्रयास गर्ने आत्मघाती आक्रमणकारी डिभी लोटरीकै माध्यमबाट अमेरिका आएको खुलासा भएपछि अमेरिकाको अध्यागमन प्रणालीबारेको बहस थप चुलिएको छ । अक्टोबरको अन्तिममा न्युयोर्कमा गाडी जोताएर ८ जनाको ज्यान लिने व्यक्ति पनि डिभी लोटरीबाटै अमेरिका आएको थियो ।

सोमबार टाइम्स स्क्वायर नजिक आक्रमणको प्रयास गर्ने बंगालादेशी नागरिक उनका मामालाई परेको डिभी लोटरीबाट अमेरिका आएको पुष्टी भएको छ । सुरुमा मामालाई डिभी परेपछि अमेरिकामा आएर नागरिकता लिएका थिए । त्सपछि उनले आफ्नी बहिनीका लागि आवेदन दिएका थिए । बहिनीले अमेरिका आफ्नो छोरालाई पनि अमेरिका ल्याइन् । तीनै छोराले टाइम्स स्क्वायरमा बम आक्रमणको प्रयास गरेको महान्यायाधिवक्ता जेफ सेसनले बताएका छन् ।

जेफ सेसनले अमेरिकाको अध्यागमन प्रणाली र चेन माइग्रेशनको पनि विरोध गर्दै अमेरिकाको असफल अध्यागमन प्रणालीका कारण नै बम आक्रमणको प्रयास भएको बताएका छन् ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटीकी नवनियुक्त सेक्रेटरी क्रिस्जेन नेल्सनले पनि आफ्नो प्रशासनले अमेरिकाको सम्पूर्ण अध्यागमन प्रणालीमा सुधार ल्याउने योजना बनाएको बताएकी छिन् । आतंकबादीहरुलाई अमेरिका आउनबाट रोक्न सुरक्षाका नयाँ मापदण्डहरु अपनाइने पनि उनले बताएकी छिन् । सरकारले व्यक्तिले आफ्ना टाढाका नातेदार समेत अमेरिका ल्याउनसक्ने प्रणाली र डिभी लोटरी खारेज गर्न योजना बनाइरहेको उनले बताइन् । त्यसको साटो क्यानडा र अष्ट्रेलियाको जस्तो प्वाइन्ट सिस्टम लागु गर्नुपर्नेमा उनले जोड दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com