उपेन्द्र यादव भन्छन्-केन्द्र सरकारमा जान्नौं, प्रदेश २ मा बनाउँछौं


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

२७ मंसिर, सप्तरी । केन्द्रमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सहज बहुमत ल्याउँदा प्रदेश २ मा मधेसी गठबन्धन ठूलो दल बनेको छ । प्रतिनिधिसभामा पनि प्रदेश २ का ८ जिल्लाको ३२ सिट मध्ये २० सिटमा राजपा र संघीय फोरमले नै जित निकालेको छ ।

चुनावी परीणामसँगै संविधान संशोधनको मुद्दालाई लिएर मधेस र काठमाडौंको दुरी बढ्ने आशंंका बढेको छ ।

मधेस केन्द्रीत दल राजपा र फोरमले चुनाव लगतै संविधान संशोधन अपरिहार्य भएको बताएका छन् ।

संघीय समाजवादस् फोरमका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘संविधान संशोधन गर्नैपर्छ, नगरे देशमा द्वन्द्व बढ्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक सहमतिकै संशोधन

मधेसी गठबन्धनका प्रमुख नेता मध्येका एक यादव राजनीतिक सहमतिमै संविधान संशोधन हुने विश्वास व्यक्त गर्छन् ।

संविधानमा निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीय संरचना, क्षेत्राधिकार र शक्तिको बाँडफाँटमा संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको उनको बुझाइ छ । ‘राजनीतिक सहमति गरेर संविधान संशोधन गर्नुपर्छ’ उनी भन्छन्, ‘वाम गठबन्धन संवेदनशील भए संशोधन असम्भव छैन ।’

मधेसी गठबन्धनले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने स्वीकार गर्दै यादवले भने, ‘संशोधनका लाथि चाहिने पर्याप्त जनमत हामीसँग छैन । राजनीतिक सहमतिको आधारमा गर्नुपर्ने हुन्छ ।’

एमाले सहितका सबैसँग छलफल थाल्ने भन्दै उनले संशोधनका लागि सबै तयार हुने विश्वास व्यक्त गरे । ‘मुलुकको राजनीतिक समस्याको समाधान होस् भनेर वामपन्थी दलहरु पनि चाहन्छन्’ उनको भनाइ छ, ‘जबसम्म मधेस लगायतको मुद्दाको हल हुँदैन, जनजातिको समस्याको समाधान हुँदैन, तबसम्म मुलुक अगाडि बढ्न सक्दैन । यो कुरा सबैलाई थाहा छ ।’

एमालेले पनि संविधान संशोधन आवश्यक देखिएको हुनु पर्ने भन्दै उनले भनेे, ‘संविधान संशोधन गरेर राष्ट्रिय मुद्दा सम्बोधन गरे हामीले सहकार्य गर्न सक्छौं ।’

केन्द्र सरकारमा जान्नौं

तर, यथास्थितिमा मधेसी गठबन्धन सरकारमा जाने कुनै सोच नभएको फोरम अध्यक्ष यादवले प्रष्ट पारे । अध्यक्ष यादवले भने, ‘पहिला मुलुकको समस्या सम्बोधन हुनुपर्छ । त्यत्ति मात्रै सोंचेका छौं ।’

केन्द्रमा सरकारमा नजाने सोच बनाएको मधेसी गठबन्धनले प्रदेश २ मा भने सरकार बनाउने जनमत पाएको छ । यद्यपि समाुनपातिक तर्फको मत गण्ना जारी रहेकाले प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ कि पुग्दैन टुंगो लाग्न अझै केही दिन पर्खनु पर्ने हुन्छ ।

फोरम अध्यक्ष यादवले भने, ‘सरकार गठनबारे छलफल थाल्न समानुपातिक मतको गिन्ती सकिनुपर्छ ।’

प्रदेश सरकार गठनको संवैधानिक प्रकृया शुरु भएपछि प्रदेश २ मम मधेसी गठबन्धनले सरकार बनाउने उनले बताए ।

यादवले प्रदेश २ मा मुख्यमन्त्री कसलाई बनाउने भन्ने कुनै छलफल नभएको पनि जानकारी दिए । ‘मुख्यमन्त्री कोहि न कोहि त बन्छन् । तर कसलाई बनाउने ? भन्ने सन्दर्भमा कुनै छलफल भएको छैन’ उनले भने ।

फोरम या राजपाबाट मुख्य मन्त्री ? भन्ने प्रश्नमा पनि उनले गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com