उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन ७२ घण्टापछि आईसीयुबाट जनरल वार्डमा


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मंसिर २७, काठमाडौं, दुर्घटनामा परी गम्भीर घाईते भएका उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनलाई ७२ घण्टापछि आईसीयुबाट जनरल वार्डमा सारिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश रोल्पाबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटनामा परेका थिए । दिपेश चढेको गाडीको ब्रेक फेला हुँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दिपेशलाई उपचारका लागि तीन दिन अगाडि राजधानीको ग्राण्डी अस्पतालको आईसीयूमा राखिएको थियो ।

तीन दिन अघि आईसीयूमा उपचारत दिपेशलाई ७२ घण्टापछि आज दिउँसो १ बजे जनरल वार्डमा सारिएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘अहिले दिपेशको स्वास्थ्यमा सुधार आएको छ । ७२ घण्टापछि आज आईसीयूबाट जनरल वर्डमा सारिएको हो,’ मनोजले भने, ‘टाउँकोमा घाउ भएको कारण चिकित्सकले कम बोल्न सुझाव दिएका छन् । चिकित्सकहरुले केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन् ।’

उनी रोल्पामा गत मंसिर २४ गते भएको वाम गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com