नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि आज आयोजित कार्यक्रममा उहाँले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गर्नुभयो ।
मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पार्नुभयो ।
जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उहाँले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।