Follow @khasokhasmag

इरानमा दुई दिनमा दुई वटा भूकम्प


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ ।

मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए । त्यसै गरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ ।

यी दुवै भूकम्पको केन्द्रंविन्दु होजाक सहरमा नै भएको भएता पनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बैग्लै भूकम्प भएको भूगर्भशास्त्रीहरुले जनाएका छन् ।

यो दुबै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने समाचार प्राप्त नभएको जनाइएको छ ।

भूकम्पको धक्कापछि आजसम्म यहाँको जनजीवन निकै प्रभावित भएको जनाइएको समाचार संस्थाहरुले बताएका छन् ।

भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका छन् । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको छ ।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ ।

इरानमा दुई महिनामात्र अघि आएको शक्तिशाली भूकम्पबाट दर्जनौँ मानिस मारिएका थिए

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com