बलात्कारका घटनामा आफन्तकै संलग्नता


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

-महिला खबर-

महिलाहरू आफन्तबाटै असुरक्षित हुने गरेका छन् । आफन्त तथा छिमेकीहरू नै बढीजसो महिला हिंसा तथा बलात्कारका घटनामा संलग्न हुने गरेको सरोकारवालाहरूले बताएका छन् ।

दलित महिला अधिकार मञ्च कैलालीले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कैलालीका जिल्ला न्यायाधीश परशुराम भट्टराईले पछिल्लो समयमा अदालतमा आएका बलात्कारका अधिकाश घटनामा आफन्त वा छिमेकीबाटै भएका पाइएको बताए ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सामाजिक मुल्य मान्यताका कारण पनि बलात्कारका अधिकांस घटना अदालतसम्म पुग्न नसकेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘बलात्कारमा परेका महिलाप्रति समाजले नकारात्मक दृष्टिकोणले हेर्ने डरका कारण कतिपय पीडितले घटना लुकाएर राखेको पनि पाइन्छ’ प्रजिअ रिजालले भने ।

कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अझै पनि ५० प्रतिशतभन्दा बढी बलात्कारका घटना प्रहरी तथा अदालतसम्म पुग्न नसकेको बताए ।

उनले पीडितले ढिलोगरी उजुरी दिनु र अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुनुले पनि पीडितले न्याय पाउन गाह्रो हुने गरेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता राजेन्द्रबहादुर साउँदले कार्यपत्र प्रस्तुत गर्दै कार्यस्थलमा हुने यौन दुव्र्यहारका मुद्दा अदालत तथा प्रशासनमा दर्ता नभएको पाइएको बताए ।

कार्यपत्र अनुसार आर्थिक वर्ष २०७३/७४ मा जवरजस्ती करणीका २७ वटा मुद्दा दर्ता भएकोमा १५ वटा मुद्दा फैसला भई १२ वटा चालु अवस्थामा रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १८ वटा मुद्दा दर्ता भई सरेर आएका र नयाँ दर्ता भएका मुद्दाको संख्या ३० रहेका छन् ।

त्यस्तै जबरजस्ती करणी उद्योग मुद्धाको संख्या आर्थिक वर्ष २०७३/७४ मा १२ वटा दर्ता भई सात वटा फैसला हुँदा पाँच वटा चालु अवस्थामा रहेको र आर्थिक वर्ष २०७४/७५ मा चार वटा मुद्धा दर्ता भई नौ वटा पुगेको बताए ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा दुई वटा अप्राकृतिक मैथुनमा दुई वटा मुद्धा दर्ता भएकोमा फैसला हुन नसकेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com