रिपब्लिकनलाई ठूलो धक्का


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचित भएपछि डग जोन्सले आफ्ना समर्थकहरुलाई एउटा विजय र्‍यालीमा सम्बोधन गर्दै धन्यवाद दिए।

अलाबामाले देशलाई एकताबद्ध हुन सिकाएको उल्लेख गर्दै उनले आफ्नो अभियान कानूनको शासन र साधारण शिष्टतामा केन्द्रित रहेको उल्लेख गरे।

चुनावी परिणाम राष्ट्रपति डोनल्ड ट्रम्पका लागि लाजमर्दो भएको प्रतिक्रियाहरु आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संकेत

ट्रम्पले किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप विरुद्ध संघर्ष गरिरहेका रिपब्लिकन उम्मेदवार रोय मुरलाई समर्थन गरेका छन्।

मुरले अहिलेसम्म परिणामलाई स्वीकार गरिसकेका छैनन् र आफ्ना समर्थकहरुलाई परिणाम आफ्नो पक्षमा आउने भन्दै कुर्न भनेका छन्।

अलाबामातस्वीर 

तनावपूर्ण मतगणनाका क्रममा दुई उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

चुनावी परिणामसँगै जोन्स अलाबामाबाट सिनेटमा २५ वर्ष यता चुनिने पहिलो डेमोक्र्याट नेता बनेका छन्।

प्रभाव

विगतमा वकिल रहेका उनले उग्र विचारधारा राख्ने कुक्लक्स क्लानका सदस्यलाई सजाय दिलाउन भूमिका खेलेका थिए।

परिणामले राष्ट्रपति ट्रम्प र उनको आधार क्षेत्रमा समस्या रहेको संकेत गर्छ।

सिनेटमा कायम रिपब्लिकनको साँघुरो बहुमतलाई अलाबामाको परिणामले थप घटाइदिएको छ।

त्यसबाट ट्रम्पलाई आफ्ना नीतिगत मुद्दाहरु अघि बढाउन कठीन हुनसक्ने ठानिएको छ।

एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले संघर्षपूर्ण जितका लागि जोन्सलाई बधाइ दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com