उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल विजयी भएकी छिन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार एवम् उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई पराजित गदै विजयी भएकी हुन् ।

पद्माले ३५ हजार १ सय ४१ मत ल्याएकी छिन् भने श्रेष्ठले ३१ हजार ४ सय २५ मत ल्याएका छन् । अर्याल र श्रेष्ठको मतको अन्तर ३ हजार ७ सय ५ छ ।

अर्याल नेकपा एमालेका केन्द्रिय सदस्य एवम् स्याङ्जा इन्चार्ज समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com