इरानमा ६.२ म्याग्निच्युडको भूकम्प


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।
भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस भागेर सुरक्षित स्थानतर्फ गएका आइआरएनए न्यूज एजेन्सीले बताएको छ । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका थिए । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको भएका छन् ।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ ।

करिब १० किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्रविन्दु ३०.७५४ डिग्री उत्तरी अक्षांश र ५७. ३१५ डिग्री दक्षिणी देशान्तरमा रहेको इरानी भुगर्व विज्ञान केन्द्रले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com