हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरी महिलाको ज्यान गयो
प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, कालिकोट । अत्यधिक रक्तश्रापका कारण कालिकोटकी ३१ वर्षीय एक सुत्केकी महिलाको मृत्यु भएको छ । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
कालिकोट अस्पतामा सुत्केकी गराएकी शाहीको अत्याधिक रक्तश्रापका भएपछि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । शाहीकोअस्पताल पु¥याए लगत्तै मृत्यु भएको मृतक शाहीका आफन्त धिरेन्द्रबहादुर शाहीले बताए । ‘राति नै हेलिकोप्टर ल्याएर उपचार गर्न सकिएन् ।’ उनले भने, –‘बिहान मौसम खराबीका कारणले हेलिकप्टर ढिला भयो । काठमाडौं पु¥याए लगत्तै मृत्यु भयो ।’
सोमबार राति अप्रेसन गरेर बच्चा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा। कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो ।’ उनले भने, ‘रक्तश्राव अत्याधिक भएपछि हेलिकोप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको हो ।’
सुत्केरी शाहीको मृत्यु भए पनि बच्चाको स्वास्थ्य अवस्था भने ठिक रहेको जिल्ला अस्पताल कालिकोटका डा। अलिले बताए ।
‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउँदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिएपछि अप्रेशन गरी बच्चा जन्माईएको हो, उनले भने ।’
जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकोप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जिल्ला अस्पताल कालिकोट जनाएको छ । जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।