Follow @khasokhasmag

ट्रकको ठक्करबाट अमेरिकामा नाबालिकासहित नेपाली मुलका ३ को मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

एक सडक दुर्घटनामा अमेरिकामा चार महिनाकी बालिका समेत नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ ।  टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको छ ।

g एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे २८७ नजिकैको ब्लु माउण्ड रोडमा ठक्कर दिएको थियो । गाडीको चालक डम्बर सहित अघिल्लो सिटमा रहेकी पवित्राको घटनास्थलमै निधन भएको थियो । गम्भीर घाइते भएकी बालिकाको भने उपचारको क्रममा कुक चिल्ड्रेन हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य दुई बालबालिका सहित एक ब्यक्ति घाइते रहेको र हाल उपचार भइरहेको बुझिएको छ ।

कामी परिवार, चर्च बाट घर तर्फ फर्किने क्रममा आईतबार राती आठ बजे दुर्घटना भएको थियो ।

 

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com