स्याङ्जा–१ बाट मरासिनी निर्वाचित


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

स्याङ्जा ,२५ मंसिर। स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी निकटतम प्रतिस्पर्धी थिए । यसपटक चार वर्षअघिको बदला लिँदै मरासिनी सांसद निर्वाचित भएका हुन् ।

यौसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिआ सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ७६ सीट जितेको छ भने बाँकी तीन क्षेत्रमा पनि एमालेकै अग्रता छ । स्याङजाकै क्षेत्र नम्बर २, कैलाली–२ र सुनसरी–३ को अन्तिम नतिजा आउन बाँकी छ । तीनै स्थानमा मतगणना भइरहेको छ ।

अहिलेसम्मको नतिजामा नेकपा माओवादी केन्द्रबाट ३६, नेपाली कांग्रेसबाट २२, राष्ट्रिय जनता पार्टीबाट ११, संघीय समाजबादी फोरमबाट १०, राप्रपा, नयाँशक्ति र राष्ट्रिय जनमोर्चाबाट १र१ तथा ३ जना स्वतन्त्र सांसद निर्वाचित भइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com