चीनसँगको सम्बन्धका कारण राजीनामा


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठाइएपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन्।

लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुको प्रवर्द्धन गरेको आरोप लागेको थियो।

कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन्।

अघिल्लो हप्ता अष्ट्रेलियाले घरेलु राजनीतिमा विदेशी प्रभाव रोक्न भन्दै देशबाहिरबाट राजनीतिक चन्दा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घेराबन्दी

श्याम डेस्टयारीले एउटा चिनियाँ व्यापारिक फर्मबाट चन्दा स्वीकार गरेकोमा यसअघि नै माफी मागिसकेका छन्।

बीबीसीका अष्ट्रेलिया संवाददाता भन्छन्, आफ्नो यात्राको खर्च चिनियाँ सरकारसँग नजिक एउटा कम्पनीलाई बेहोर्न अनुमति दिएपछि डेस्टयारीको आलोचना भएको थियो।

आफ्नो पार्टीको नीति विपरित साउथ चाइन सीमा रहेको चीनको दावीलाई समर्थन गरेको देखिएपछि उनको निर्णय क्षमतामा पुन: प्रश्नहरु उठाइएका थिए।

मतदानतस्वीर 

आफ्ना कारण उत्पन्न विवाद अन्त्य गर्न राजीनामा दिन लागेको उनले बताएका छन्।

तर उनको राजीनामाले अष्ट्रेलियामा बढ्दो चीनको प्रभाव अन्त्य गर्ने सम्भावना भने देखिँदैन।

राजनीतिक दलहरुमा विदेशी चन्दा नियन्त्रणका लागि नयाँ कानूनहरु ल्याउने योजना बनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com