सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका भुटानीको मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, २०७४-एक सडक दुर्घटनामा अमेरिकामा नेपाली मुलका तीन भुटानीको मृत्यु भएको छ । जसमा चार महिनाकी बालिका समेत छिन् । टेक्सास राज्यको उत्तरी फोर्टवर्थमा आइतबार राति भएको कार दुर्घटनामा ५१ बर्षीय डम्बर कामी, ४५ बर्षीया श्रीमती पवित्रा कामी र चार महिनाकी नातिनी श्यारोन दर्जीको निधन भएको स्थानीय मिडिया फक्स फोरले उल्लेख गरेको छ ।

स्थानीय मिडियाले प्रहरी प्रवक्ता ट्रेसी कार्टरलाई उदृत गर्दै दिएको जानकारी अनुसार एक ट्रकले उनीहरु सवार होण्डा सिभिक गाडीलाई हाइवे २८७ नजिकैको ब्लु माउण्ड रोडमा ठक्कर दिएको थियो । गाडीको चालक डम्बर सहित अघिल्लो सिटमा रहेकी पवित्राको घटनास्थलमै निधन भएको थियो । गम्भीर घाइते भएकी बालिकाको भने उपचारको क्रममा कुक चिल्ड्रेन हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ । गाडीमा सवार अन्य दुई बालबालिका सहित एक ब्यक्ति घाइते रहेको र हाल उपचार भइरहेको बुझिएको छ ।

कामी परिवार, चर्च बाट घर तर्फ फर्किने क्रममा आईतबार राती आठ बजे दुर्घटना भएको थियो ।

Ekantipur

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com