प्रचण्डले चुनाव जितेपछि पनि घरदैलो गर्दै


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, चितवन, चितवनको ३ नम्बर निर्वाचन क्षेत्रबाट भारी मतका साथ विजयी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनः घरदैलोमा निस्कने भएका छन् ।

आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन प्रचण्ड घरदैलोमा निस्कने भएका हुन् ।

प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सेनाका अनुसार प्रचण्ड आज ९मंगलवार० र भोलि ९बुधवार० चितवन क्षेत्र नम्बर ३ का मतदाताको घरदैलोमा पुग्ने छन् ।

चुनावमा विजयी भएपछि काठमाडौं आउने तयारी गरिरहेका बेला प्रचण्डले एका–एक कार्यतालिका परिवर्तन गरी घरदैलो गर्ने निर्णय गरेका हुन् ।

साथै प्रचण्डले सोमवार नै विज्ञप्ती जारी गर्दै आफूलाई मतदान गरी जिताउने मतदातालाई धन्यवाद दिइसकेका छन् । उनले आगमी दिनमा आफू चितवन र समग्र राष्ट्रको विकास तथा समृद्धिका लागि केन्द्रित हुने पनि बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com