उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् ।
आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ ।
भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताउनुभएको छ ।
सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र पाँच हजार ६२० वटा हात्ती रहेका छन् ।
भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो सङ्ख्या बढी हो । आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताउनु भएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।