हार्भर्डका नेपाली विद्यार्थीमाझ महावाणिज्यदूत मरासिनी, सिकेको ज्ञान नेपालको निर्माणमा लगाउन आब्हान


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूताबासका महावाणिज्यदूत मधुकुमार मरासिनीले हार्भर्ड विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सिकेको ज्ञान, क्षमता र प्रविधि नयाँ नेपालको निर्माणका लागि लगाउन आब्हान गर्नुभएको छ । अमेरिकाको बोष्टनमा रहेको विश्वचर्चित हार्भर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा बोल्दै महावाणिज्यदूत मरासिनीले नेपाली जनताको लामो समयदेखिको सपनाको रुपमा रहेको नयाँ नेपाल निर्माण अभियानमा सहभागी हुन आब्हान गर्नुभयो ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्क र हार्भर्ड विश्वविद्यालयमा बोष्टनमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच संयुक्त भेटघाट र अन्तरकृया कार्यक्रम गरिएको थियो । कार्यक्रममा मरासिनीले नेपालको ताजा राजनीतिक विकाशक्रम र नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिनुभएको थियो । नेपालमा भर्खर सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले देशको आर्थिक विकाश र राजनीतिक स्थीरताका लागि मार्ग प्रसस्त गरेको मरासिनीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हार्भर्ड जस्तो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले हासिल गरेको ज्ञान, सिप र दक्षताको उपयोग गर्न सकेमा नेपाललाई धेरै फाइदा पुग्ने र श्रम तथा पूजीमात्र नभई नयाँ नयाँ विचार, आविश्कारले पनि आर्थिक विकाशमा महत्वपूर्ण भूमिका खेल्नसक्ने मरासिनीको भनाई थियो । नेपालमा बढ्दो युवा बेरोजगारी रहेको अवस्थामा जागिरको सृजना हुनेगरी नेपालमा उपलब्ध अवशरको सदुपयोग गर्दै आफ्नो दक्षता र ज्ञान लगाएर सृजनात्मक कामको सुरुवात गर्न मरासिनीले नेपाली विद्यार्थीहरुलाई आब्हान गर्नुभयो ।

विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै हार्भर्डमा अध्ययनरत नेपाली विद्यार्थी रशिक अधिकारीले विद्यार्थीहरुसँगको सहभागिता र अन्तरकृया जारी राख्नका लागि नेपाली मिसन, नेपाल सरकार र निजी क्षेत्रलाई समेत आब्हान गर्नुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले ब्यापार र निर्यातको प्रवद्र्धन, विदेशी लगानी भित्राउन र नेपालको पर्यटन प्रवद्र्धनका लगायतका विषयमा नेपाल सरकारको नीतिबारे विभिन्न प्रश्नहरु राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com