सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्याय नियुक्ति


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्ति गरेको छ । सिंहदरवारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संस्थानमा रिक्त रहेको सो पदमा उपाध्यायलाई नियुक्त गरेको सरकार प्रवक्ता सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । यसअघि संस्थानमा निमित्त
महाप्रबन्धकको जिम्मेवारी हरिकला अधिकारीलाई तोकिएको थियो । बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । बोर्ड लामो समयदेखि नेतृत्वविहिन थियो । बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । बोर्ड लामो समयदेखि नेतृत्वविहिन थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com