न्यू योर्क शहरमा ‘विस्फोट’


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

न्यू योर्क शहरको प्रहरीले त्यहांको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएको

टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनिरहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार विहान सो घटना भएको बताइएको छ।

प्रहरीले घटनामा संदीग्ध व्यक्ति बाहेक अरुलाई चोट नलागेको बताएको छ।

‘पाइप बम’

प्रहरी स्रोतलाई उद्धृत गर्दै एबीसी न्यूज टेलिभिजनले जनाए अनुसार घटनामा उक्त बस टर्मिनलको भूमिगत मार्गमा एउटा पाइप बम विस्फोट गराइएको हुन सक्छ।

शहरको अग्नी नियन्त्रण विभागले घटनामा “एकजनालाई ज्यान नजाने खालको चोट” लागेको बताएको छ।

एनबीसी सम्बद्ध समाचारदातालाई सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार ति संदीग्ध व्यक्तिले विस्फोटक पदार्थ बोकेर पोर्ट अथोरिटी तर्फ गैरहंदा समय अगावै त्यो पड्किएको हुनसक्छ। त्यसपछि सो व्यक्तिलाई गिरफ्तार गरिएको थियो।

‘राष्ट्रपति’

ह्वाईट हाउसकी प्रेस सेक्रेटरी सेरा हकबी स्यान्डर्सले उक्त घटनाका बारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको बताएकी छन्।

पोर्ट अथोरिटी बस टर्मिनल अमेरिकाको सबैभन्दा ठूलो बस टर्मिनल हो जहांबाट वर्षेनी ६ करोड पचास लाख मानिसहरुले सेवा लिने गर्दछन्। छ।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com