पर्यटकीयस्थलमा डेढ करोड लगानी गरेर पूर्वाधार निर्माण


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

म्याग्दी, २५ मंसिर ।  अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले रु एक करोड ५० लाखभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् ।

पर्यटकीय र धार्मिक हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको खोप्रा र खयरको विकासका लागि स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । उनीहरुले पाउद्वार गाउँदेखि खोप्रा लेकहुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल र सामुदायिक होटल निर्माण गरेका छन् ।

(म्याग्दीको खयरबाराही)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खयर तालको अवलोकन र खयर बारहीको पूजापाठका लागि जाने पर्यटक तथा भक्तजनको सुविधाको लागि थानको पुनःनिर्माणसहित व्यवस्थित पदमार्ग र विश्रामस्थललगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो ।

खयरबाराही अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । जनैपूर्णिमाको अवसरमा सो स्थानमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

चन्दा संकलन र श्रमदानबाटै खोप्रादेखि खयरबाराही थानसम्म पदमार्ग, चौतारीलगायत पूर्वाधार निर्माण गरिएको छ । खयर क्षेत्रमा पूर्वाधार निर्माणको लागि अभियान थालिएको ६ वर्षमा रु एक करोड १५ लाखभन्दा बढीको पूर्वाधार निर्माण गरिएको अभियन्ता पुनले बताउनुभयो ।

खयरबाराही थानको पुनःनिर्माणमा रु ३५ लाख लगानी भएको छ । यस क्षेत्रको दर्शन तथा भम्रणमा जाने भक्तजन र पर्यटकलाई लक्षित गरी खोप्रामा दुईवटा र खयर खोलामा चारवटा बास बस्ने ठाउँ तथा खोप्रा र खयरखोलामा एक÷एकवटा भान्सा घर निर्माण गर्न रु २५ लाख लगानी भएको छ ।

खयरबाराही जाने बाटोमा पर्ने खोप्रा लेक हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको खोप्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com