प्रतिनिधिसभा जित्ने महिलाको संख्या ५ पुग्यो


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, प्रतिनिधिसभा निर्वाचनको १ सय १३४ स्थानको मतपरिणाम जारी भैसक्दा ६ जना महिला विजयी भएका छन् ।
चार महिला वाम गठबन्धनका उम्मेदवार हुन्। भने प्युठानबाट जितेकी अर्की महिला उम्मेदवार दुर्गा पौडेललाई वाम गठबन्धनले सहयोग गरेको थियो।

पुनःनिर्माण प्राधिकरणको सिइओ पद छोडेर कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द पोखरेललाई उनले पराजित गरेकी हुन्।

उनले ४७ हजार ५ सय १४ मत ल्याएकी छिन्।

त्यस्तै चुनाव जित्ने अर्की महिला उम्मेदवार विना मगर हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १मा माओवादीकी उम्मेद्वार बीना मगरले ३९ हजार २१ मत प्राप्त गरेकी छन्।

उनले पनि कांग्रेसकै उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे। माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।

यो मतगणनामा महिलाले जित्ने क्रम रोल्पा पूर्वबाट सुरु भएको थियो। त्यहाँ माओवादी उम्मेदवार कमला रोकाले जित हात पारेकी थिइन्। उनले १० हजार ४ सय ३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तिमगरलाई पराजित गरेकी थिइन्।

माओवादीकी पोलिट्व्यूरो सदस्य पम्फा भुसाल चुनाव जित्ने अर्की महिला हुन्। उनले ललितपुर तिनबाट कांग्रेसकै उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी हुन्। भुसालको मत २४ हजार ३४ मत आएको छ।

त्यस्तै एमालेकी पवित्रा निरौला झापाको क्षेत्र नम्बर २बाट विजयी भएकी छन्। उनले पनि कांग्रेसकै उम्मेदवारलाई हराएर निर्वाचित भएकी हुन्। उनले ४५ हजार ८ सय १७ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्दी उद्व थापालाई पराजित गरेकी हुन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com