किल्लामा पुन: गुमेको कांग्रेसको साख


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

नेपाली कांग्रेस, कोइराला परिवार र मोरङ जिल्लालाई कतिपयले एकअर्काका पूरकका रुपमा हेर्ने गरेका छन्।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र रहेको थियो।

त्यहाँ र आसपासका क्षेत्रहरुमा परम्परागत रुपमा नै कांग्रेसको राजनीतिक प्रभाव बलियो थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यस क्षेत्रमा नेपाली काँग्रेसलाई यसपटकको चुनावमा ठूलो धक्का लागेको देखिएको छ।

कारण

नेपाली कांग्रेसको गढ मानिएको विराटनगर लगायत मोरङका अधिकांश क्षेत्रमा उसले नराम्रो पराजय बेहोर्नुपरेको छ।

धेरैजसो स्थानमा पराजय भोगेको कांग्रेसले मोरङको क्षेत्र नं २ मा सान्त्वना जित हासिल गरेको छ ।

तर २०४६ सालपछिका संसदीय चुनाव र त्यसयताका अधिकांश चुनावमा मोरङमा कांग्रेसको प्रभाव सधैँ बलियो हुने गरेको थियो।

२०७० सालको संविधानसभा चुनावमा ९ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा कांग्रेस विजयी भएको थियो।

हार

कोइराला निवास

दोस्रो जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा चाहिँ सात मध्ये एक मात्र क्षेत्रमा कांग्रेस विजयी भएको थियो।

बाँकी क्षेत्रमा माओवादी र तराई केन्द्रित दलहरुले जितेका थिए।

यसपटकको चुनावमा पनि कांग्रेसले ६ मध्ये एक सिट मात्रै जितेको छ।

दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्रका रुपमा परिचित अहिलेको निर्वाचन क्षेत्र नम्बर दुईबाट कांग्रेस नेता मिनेन्द्र रिजाल आफ्ना प्रतिस्पर्धीलाई झण्डै दुई हजार मतान्तरले हराएर निर्वाचित भएका हुन्।

पार्टीको साख यसपटक वाम गठबन्धनले भत्काइ दिएपछि कांग्रेसभित्र एक किसिमको तरंग श्रृजना भएको छ।

त्यसमाथि पनि कोइराला परिवारको बिरासत थाम्दै राजनीतिमा सक्रिय रहेका शेखर कोइराला र अर्का नेता महेश आचार्य लगायतका हस्तीहरुको पराजयले धेरैलाई आश्चर्यमा पारिदिएको छ।

तर्क

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मोरङमा कांग्रेसको साख समाप्त भइसकेको तर्क गर्छन्।

उनी भन्छन्, “अब विराटनगरबाट विश्वेश्वरप्रसाद कोइरालाको बिरासत समाप्त भइसक्यो, कोइराला परिवार त छ तर अहिले शशांक कोइराला, प्रकाश कोइरालाहरु विराटनगरबाट राजनीति गर्दैनन्। दक्षिण एशियाबाट वंश सत्ताहरु कमजोर हुँदैछ र नेपालमा पनि त्यसको प्रभाव पर्दैछ तर त्यसको शिक्षा चाहिँ कांग्रेसले लिन सकिरहेको छैन।”

पार्टीमा नीति र नेतृत्व क्षमता कमजोर हुनु र समावेशीलाइ ध्यान नदिँदा कांग्रेसले पराजय भोग्नुपरेको आचार्यको भनाइ छ।

आधाजसो मधेशी र आदीवासी जनसंख्या रहेको विराटनगर र आसपासका क्षेत्रमा स्थानीय समुदायका मानिसलाई उम्मेदवार बनाएका कारण पनि वाम गठबन्धनलाइ जीत निकाल्न सहज भएको कतिपयको बुझाइ छ।

कांग्रेसले यसपालि ती समुदायबाट कुनै उम्मेदवार दिएको थिएन।

शेखर कोइराला

क्षमता

विराटनगर महानगर क्षेत्रसमेत समावेश भएको ६ नम्बर निर्वाचन क्षेत्रबाट चुनाव हारेका कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला एकपटक हार्दैमा सबै खत्तम भयो भन्न नमिल्ने तर्क गर्छन्।

उनी भन्छन्, “कोइराला परिवार र कांग्रेसको यस्तो सम्बन्ध छ कि कतिले मन पराउँछन् कतिले मन पराउँदैनन्, जो मन पराउँदैनन् ती त्यसै पनि घोर विरोधी छन्, मन पराउनेले पनि निकै धेरै मन पराउँछन्।”

मोरङमा कांग्रेसले पुन: शक्ति आर्जन गर्ने पनि उनले बताए।

उनी थप्छन्, “ठिक बाटोमा हिँड्यो भने जनता तपाईँकै साथमा हुन्छन्, म पहिला पनि हारेकै मान्छे हुँ तर पछि फेरि चुनिएँ, फेरि पनि हामी पुरानो साख फिर्ता ल्याउँछौं।”

पराजयको समीक्षा गरी नेतृत्वबाट भएका त्रुटि सच्याउदै अघि बढे कांग्रेसले गुमेको आफनो साख फेरि फर्काउन सक्ने कोइरालाको विश्वास छ।

तर विश्लेषकहरु भन्छन्, इतिहास बेच्नुभन्दा नयाँ पुस्तालाइ आकर्षित गर्नसक्ने नीति र नेतृत्व क्षमता विकासमा नेपाली कांग्रेस केन्द्रित हुनु जरुरी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com