Follow @khasokhasmag

गेट भाँच्चिएर टाउकोमा लाग्दा ३ वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, पोखरा, पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा आइतबार दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका थिए ।

घाइते भएका खातीलाई तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com