नारायणकाजी र वामदेवको पराजयः वाम एकताका लागि फुर्सद !


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

२४ मंसिर, काठमाडौं । यो एउटा संयोगमात्र पनि हुन सक्छ,तर एमाले माओवादी गठबन्धनका दुई प्रमुख सूत्रधार बामदेव गौतम र नारायणकाजी श्रेष्ठले वामपन्थीको माहौल छाएको बेला पनि चुनाव जित्न सकेनन् । निकै सुरक्षित ठानिएको क्षेत्रमा बामदेव गौतम पराजित भए भने,बाबुराम भट्टराईलाई गठबन्धनबाटै बाहिर पठाएर आफूले रोजेको क्षेत्रमा गएका नारायणकाजी पनि जित्न सकेनन् ।

बामदेव गौतम र नारायणकाजी लामो समयदेखि एमाले माओवादी एकताको पक्षमा क्रियाशील थिए । दुई पार्टीका शीर्ष तहमा पानी बाराबारको स्थिति हुँदा पनि बामदेव र नारायणकाजी सधैं एक अर्को पार्टीका शीर्ष नेतासँग संवादमा हुने गर्थे । अहिलेको बाम गठबन्धनका सूत्रधार थिए दुवै नेता ।

देशैभरि वामपन्थी गठबन्धनका उम्मेदवारले दुई तिहाईको संख्यामा चुनाव जितिरहेका बेला यी दुई बरिष्ठ नेताको ‘नसिब’मा पराजय हात लाग्यो । यसलाई एमाले समर्थक रामेछाप भुजीका एक युवा मनोज सुनुवारले आइतवार फेसबुकमा टिप्पणी गर्दै भनेका छन्–अपरेश सक्सेस,प्यासेन्ट डेथ’ ।

साँच्चैनै बामदेव र नारायणकाजीको अथक प्रयासले बामपन्थी एकताको अप्रेशन चुनावी नतिजामार्फत सफल भएको छ । बामदेव र नारायणकाजीको भने मिसन सफल भयो तर उनीहरु चुनावी मिसनमा भने असफल भए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

भलै यो एकताको सूत्रधारमा पछिल्लो समयका निर्णायक कडी एमालेका बिष्णु पौडेल र माओवादीका जनार्दन शर्माले सहज जित निकालेका छन् । बाबदेव र नारायणकाजीको पराजयलाई लिएर एमाले र माओवादी दुवै पार्टीभित्र समिक्षा शुरु भइसकेको छ । उनीहरुको पराजयमा अन्तरघातको गन्ध खोज्न थालिएको छ तर पराजित नेताहरुले मुख खोलेका छैनन् ।

डा.बाबुराम भट्टराईसँगको प्रतिस्पर्धाका कारण नारायणकाजीको जितबारे चुनावअघि धेरै आशंकाहरु थिए । तर बामदेव गौतमको पराजय कसैले सोचेका थिएनन् । स्थानीय तहको परिणामलाई हेर्दा बर्दिया १ मा कांग्रेसभन्दा बाम गठबन्धनको मत २० हजार भन्दा बढी थियो ।

यसअघि जितेको प्युठान छाडेर,आफूले जितेर छाडेको बर्दिया गएका बामदेवको पराजयका बिभिन्न पाटाहरुको बारेमा समिक्षा गरिहाल्ने बेला भइसकेको छैन,तत्कालका लागि वाम गठबन्धनका एक मुख्य डिजाइनर पराजित भएका छन् । उनको पराजयले एमालेभित्र ठूलो बहस सिर्जना गरेको छ ।

नारायणकाजी श्रेष्ठ बरियताक्रमका हिसाबले माओवादीमा प्रचण्डपछिका दोस्रो नेता हुन् । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न निरन्तर अगुवाई गरिरहेका श्रेष्ठको राजनीतिक जीवनमा यो दोस्रो पराजयले ठूला धक्का लागेको छ । श्रेष्ठ २०७० को संविधानसभा चुनावमा पनि मकवानपुर २ बाट पराजित भएका थिए ।

नारायणकाजीको पराजय उनका लागि यसकारण पनि पीडादायी बन्यो कि,उनले बाबुरामसँग पराजय भोगे । गोरखा २ मा माओवादीले नछाडेकै कारण बाबुराम भट्टराई बामपन्थी गठबन्धनबाट बाहिरिए कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पुगे । नारायणकाजीकै कारण बाबुराम बाहिरिएको आरोप लाग्यो । अन्ततः बाबुरामसँगै पराजित हुँदा धेरै प्रश्न उठेका छन् ।

बामदेव गौतम एमालेभित्र बरियताका हिसाबले केपी ओली,झलनाथ खनाल र माधव नेपालपछि चौथो बरियतामा रहे पनि राजनीतिक हिसाबले ओलीपछिका नेता हुन् । केपी ओलीलाई संसदीय दलको नेता,पार्टी अध्यक्ष,प्रधानमन्त्री हुँदै वामपन्थी गठबन्धनको शीर्ष नेता बनाउन बामदेवको निर्णायक भूमिका रह्यो ।

पार्टीभित्र बामदेवको प्रभाव नवौं महाधिवेशनपछि एकाएक बढ्दै गएको बेला अप्रत्याशीत पराजयले ठूलो धक्का लगाएको छ । उमेरले ७० भइसकेका गौतम ५ वर्षका लागि संसदीय राजनीतिबाट बाहिरिनु पर्ने अवस्था चानचुने होइन । उनी गठबन्धनभित्र कुनैपनि बेला प्रधानमन्त्रीका समेत दाबेदार हुन सक्थे ।

वाम एकताका लागि फुर्सद

संसदीय चुनावमा असफल भए पनि बामदेव र नारायणकाजीको काँधमा बामपन्थी गठबन्धनलाई पार्टी एकतासम्मको सफलतामा पु¥याउनुपर्ने दायित्व छ । सम्भवतः अब यी दुई नेता पराजयको आन्तरिक कारण खोतलेर घाउ कोट्याउने भन्दा अहिलेको चुनावी गठबन्धनलाई एउटै कम्युनिस्ट पार्टी निर्माणमा लैजान झन् क्रियाशील हुनेछन् ।

संसदीय मोर्चामा उनीहरुले भोगेको असफलताले पार्टी एकताको सांगठानिक मोर्चामा सम्पूर्ण रुपमा क्रियाशील हुन उनीहरुलाई प्रशस्त समय उपलव्ध भएको छ । यदि एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने सफलता मिल्यो भने उनीहरुको लागि अहिलेको पराजयमा मल्हमपट्टी हुनेछ ।

किनकी पराजय आबधिक हुन्छ,तर पार्टी एकता दीर्घकालिन हुनसक्छ । त्यसैले यो पराजयलाई दुवै पार्टीले नकारात्मक रुपमा भने पनि अर्को अवसरका रुपमा लिनु बाहेक अरु उपाय छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com