मंसिर २४, काठमाडौं। घरजग्गा कारोबारमा बढोत्तरी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार एक वर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या ९ प्रतिशतले बढ्दा त्यसवापत संकलन हुने राजश्व ३९।८ प्रतिशतले उक्लिएको छ।
पर्यटन क्षेत्र पनि विस्तार भएको छ । पर्यटक स्तरीय होटल तथा लजको संख्या ७।९ प्रतिशतले बढेको छ। बेडको संख्या ६।८ प्रतिशतले बढेको छ। यो अवधिमा पर्यटक आगमन पनि २९।२ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले आफ्नो कार्यालय रहेका काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी वरपरका ५७ जिल्लामा गरेको अध्ययनका आधारमा यस्तो तथ्यांक आएको हो।
अध्ययन क्षेत्रमा कुल निक्षेप १८।२ प्रतिशतले बढ्दा ऋण विस्तार २२।८ प्रतिशतले भएको छ। निक्षेप संकलनभन्दा कर्जा विस्तार बढी भएका कारण कर्जा(निक्षेप अनुपात ८२।८ प्रतिशतबाट बढेर ८६।१ प्रतिशत पुगेको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
निक्षेप संकलन तथा कर्जा प्रवाहमा काठमाडौं क्षेत्रको अंश ठूलो छ। निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८।३ प्रतिशत छ भने कर्जा ५१।७ प्रतिशत छ। यद्यपी निक्षेप संकलन हिस्सा नबढे पनि काठमाडौंले अघिल्लो बर्ष ५३ प्रतिशत ऋण विस्तार गरेको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।