महेश बस्नेत भक्तपुरबाट झन्डै दोब्बर मतले विजयी


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, भक्तपुर, भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता महेश बस्नेत करिब दोब्बर मतले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका हुन्। विजयी पूर्वउद्योगमन्त्री बस्नेतले ३६ हजार चार सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनुपर्‍यो।

शनिबार मतगणनाकै क्रममा कांग्रेस उम्मेदवार ढुंगानाले हार स्वीकार गरिसकेका थिए। वर्षौं राजनीतिक रुपमा निष्क्रिय रहेका ढुंगानाको यस निर्वाचनमार्फत कम ब्याक गर्ने सम्भावना देखिएको छ। अब उनी राजनीतिमै राजनीतिमै रहन्छन् या पुनः पहिलेकै अवस्थामा फर्कन्छन्, चासोको विषय बन्न पुगेको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसारका क्रममा करिब १४ हजार मतान्तरले जित्ने दाबी गरेका एमाले उम्मेदवार बस्नेतले उक्त दाबीभन्दा बढी मत अन्तरले जित हात पारेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेका उनले यसपटकको निर्वाचनमा भने बाजी मार्न सफल भएका छन्।

पहिलो भएको कांग्रेस दोस्रो स्थानमा धकेलिँदा दोस्रो भएको नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा झरेको छ। नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार चार सय ७१ मतमै चित्त बुझाउनुपरेको छ। त्यस्तै विवेकशील साझा पाटीका शशिविक्रम कार्की एक हजार सात सय ८४ मत ल्याएर चौथो भए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुल ८३ हजार नौसय ३५ मतदाता रहेको यस क्षेत्रमा ७६।७५ प्रतिशत अर्थात् ६४ हजार चार सय १८ मत खसेको थियो। जसमध्ये एक हजार तीन सय ४४ म तबदर भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com