मंसिर २३,काठमाडौ द कार्टर सेन्टरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सकारात्मक मूल्यांकन गर्दै प्रशंसा गरेको छ । सेन्टरले निर्वाचनको पर्यवेक्षण गरेको थियो ।
शनिबार पत्रकार सम्मेलन गरी सेन्टरले सुरक्षा चुनौती र अस्थिर निर्वाचन प्रक्रियाका बाबजुद निर्वाचन आयोगले दुवै चरणको निर्वाचन प्रक्रियाको तयारी र सञ्चालनको राम्रो व्यवस्था गरेको जनाएको छ । थाइलान्डका भूतपूर्व प्रधानमन्त्री डा. सुराकियार्त सथिरथाई र भूपू अमेरिकी राजदूत पिटर बर्लेले पर्यवेक्षक टोलीको नेतृत्व गरेका थिए ।
सेन्टरका पर्यवेक्षकहरुले पहिलो चरणमा ६८ र दोस्रो चरणमा २१४ मतदान केन्द्रहरुको भ्रमण गरेको थियो । सेन्टरको निर्वाचन पर्यवेक्षन मिसनद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ–‘सेन्टरका पर्यवेक्षकले दुवै चरणको चुनावको मतदान प्रक्रिया संचालनको सकारात्मक मूल्यांकन गरेको छ । चुनावी प्रक्रिायका धेरै पक्षहरुमा थप सुधार ल्याउनुपर्ने भए पनि प्रक्रियाहरु अहिलेसम्म सामान्यतया राम्रै तरिकाले संचलान भएको निष्कर्ष निकालेका छौं ।’
सेन्टरको पर्यवेक्षण मिसन टोलीमा ३४ राष्ट्रबाट आएका ६४ जना पर्यवेक्षकहरु सहभागी थिए । सेन्टरले मतदाता शिक्षा भने कमजोर भएको जनाएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।