काठमाडौं २ बाट प्रतिनिधिसभामा माधवकुमार नेपाल निर्वाचित
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् ।
नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याए ।