कांग्रेसलाई जरैबाट पुनर्संरचना गर्नुपर्छ : गगन थापा
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-कांग्रेस नेता गगन थापाले कांग्रेसलाई जरैबाट पुनर्संरचना गर्नुपर्ने बताएका द्धछन् ।
कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह कांग्रेसको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि आग्रह गर्दै उनले पार्टी पुनर्संरचनामा जोड दिएका हुन् । काठमाडौं– ४ बाट निर्वाचित भएपछि रातोपुलमा भएको सभालाई सम्बोधन गर्दै थापाले आगामी कार्यकाल समृद्धिको हुनुपर्ने बताए ।
थापाले चुनावको दौरान आफूविरुद्ध प्रोपोगाण्डा भएको बताए । उनले आफूसागै प्रतिस्पर्धा गरेका एमालेका राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतसहित विकासको काम गर्ने बताए ।
थापा एमालेका पूर्वसांसद राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।