गुल्मीको प्रदेशसभामा एमालेका केसी विजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, गुल्मी । गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को ‘क’ प्रदेशमा नेकपा एमालेका खडग केसी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४ सय ९२ मत अन्तरले पराजित गरेका हुन्। वाम गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार ६ सय ७३ मत प्राप्त गरेका थिए। निर्वाचन अधिकृत कमलराज गौतमले केसीलाई विजयी भएको घोषणा गरेका हुन्। लामो समय वाम राजनीतिमा सक्रिय केसीले आफू विजयी बनेपछि सबैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताए। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मत परिणामअनुसार सवै क्षेत्रमा बाम गठबन्धनले नै अग्रता लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com