बाग्लुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, बाग्लुङ माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल वाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई फराकिलो मतान्तरले पराजित गर्दै बाम गठबन्धनका साझा उम्मेदवार पौडेल विजयी भएका हुन्।

पौडेलले २८ हजार ८ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाएका छन्।

माओवादी छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा गएका पौडेल केही महिना अघि मात्र माओवादी केन्द्रमा फर्किएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com