गुल्मीमा वाम गठबन्धनका नेताको अग्रता


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, गुल्मी । गुल्मीमा पछिल्लो मतपरिणामअनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने चार वटा प्रदेशसभामा पनि गठबन्धन नै अगाडि देखिएको छ ।

क्षेत्र नं १ मा एमालेका चर्चित नेता प्रदिप ज्ञवालीले १० हजार एक सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ८ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । यो मत कुल १८ हजार ६ सय ४७ मत गणना भइसक्दाको परिणाम हो ।

त्यस्तै क्षेत्र नं दुईमा पनि एमालेका युवा नेता गोकर्ण विष्टले झण्डै दोब्बर मतकासाथ अगाडी छन् । विष्टले ११ हजार ६ सय ९० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र केसीले ५ हजार ८ सय ३८ मत प्रात गरेका छन् । यो कुल १८ हजार ४ सय ३२ मत गणना भइसक्दाको परिणाम हो।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को क मा वाम गठबन्धनको तर्फबाट माओवादीका सुदर्शन बरालले ६ हजार ४ सय ८५ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका पृथ्वी फौदारले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । यो मत १२ हजार ७ सय २५ गणना भइसक्दाको हो । प्रदेश ख मा एमालेका कमलराज क्षेष्ठले ६ हजार ४ सय तीन मत प्राप्त गरेका छन् भने काग्रेसका धनेन्द्र कार्कीले ४ हजार ९ सय एक मत प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेत्र नं २ को क मा एमालेका खड्गबहादुर खत्रीले १० हजार ४ सय ६१ मतका साथ अगाडि छन् भने प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीको ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यो परिणाम १८ हजार ९ सय ८४ मत गणना भइसक्दाको हो ।

ख मा वाम गठबन्धनको तर्फबाट माओवादीका दिनेश पन्थीले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने काँग्रेसका छन्द पहराई मगरले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । यो परिणाम १७ हजार २ सय ९० मत गणना भइसक्दाको हो । क्षेत्र नं १ मा कुल खसेको मत ७० हजार ६ सय ५० हो भने क्षेत्र नं दुईमा ५८ हजार ८९ मत खसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com