‘भ्रष्टाचारविरोधी सरकार बनोस्’


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ । ‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

अहिलेको समयलाई ‘प्रादेशिक र संसदीय निर्वाचनको सफलतापछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र मुलुकको नयाँ संघीय शासन प्रणालीमा हजारौं स्थानीय सरकारी अधिकारीहरू समाहित हुँदै गरेको समय’ उल्लेख गर्दै अमेरिकाले भनेको छ, ‘यो नेपालका नागरिक र नेतृत्वकर्ताले भ्रष्टाचारविरुद्ध निडर अडान लिने तथा देशलाई आफूमा निहित रहेको अथाह क्षमताको आभास दिलाउने उपयुक्त समय पनि हो ।’

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी वक्तव्यमा भनिएको छ, ‘सरकारी निर्णय प्रक्रियामा पारदर्शिता वृद्धि गर्ने, भ्रष्ट अधिकारीहरूमाथि मुद्दा चलाउने, अन्तर्राष्ट्रिय ‘खुला सरकार’ साझेदारीमा सहभागी हुने, मजबुत प्रेस र छरितो अनुसन्धानमूलक पत्रकारितालाई सहयोग गर्नेछौं ।’ अमेरिकाले आफूले प्रदान गर्ने वार्षिक १२ करोड डलरभन्दा बढीको विकास सहयोग पनि सबल सरकारी निकायहरू, समावेशी समुदायहरू, उत्तरदायी सामाजिक सेवाहरू र जीवन्त अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले सञ्चालित रहेको पनि स्मरण गराएको छ । ‘यो कुनै परोपकारी काम होइन बरु एउटा साझेदारीमा हामीले गरेको लगानी हो, जसको सफलताको हामी परिकल्पना गर्न सक्छौं,’ अमेरिकाले नेपालका सम्भावनाहरूमा विश्वास गर्दै सहयोग प्रदान गरिरहेको बताउँदै भनेको छ, ‘सही अर्थको राजनीतिक रूपान्तरण र दण्डहीनता तथा भ्रष्टाचारको संस्कृतिको अन्त्यका लागि नेपाली जनताले आह्वान गरिरहेको यस शुभ समयमा अमेरिका साथमा रहनेछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com