Follow @khasokhasmag

एउटै चितामा दम्पतीको दाहसंस्कार


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, विराटनगर । एक दम्पतीको एउटै चितामा दाहसंस्कार भएको छ ।

विराटनगर को आयलनिगम कदमगाछीका ८९ बर्षीय कृष्णबहादुर श्रेष्ठ र उनक पत्नी जानकीको यसरी अन्त्योष्टि गरिएको हो ।

उनीहरुको १२ घन्टाको फरकमा निधन भएपछि शव सँगै घाट लगिएको थियो ।

जानकीको बिहीबार साँझ ५ बजे अनि कृष्णबहादुरको शुक्रबार बिहान ५ बजे निधन भएको थियो ।

स्थानीय जयकुमार श्रेष्ठका अनुसार जानकीको निधनपछि छरछिमेकी र परिवारका सदस्य रातभर शव रुँगेर बसेका थिए ।
बिहान कृष्णबहादुरको पनि निधन भएपछि सँगै शव परोपकार घाट लगी एउटै चितामा अन्त्योष्टि गरिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com